अन्डरवर्ल्ड डन दाउद इब्राहिम कराँचीमा रहेको मुसरफको संकेत

काठमाडौं।  पाकिस्तानका पूर्व प्रधानमन्त्री जनरल परबेज मुसरफले मुम्बई बम धमकाका मुख्य आरोपी अन्डरवर्ल्ड डन दाउद इब्राहिम पाकिस्तानको कराँचीमा रहेको घुमाउरो पाराले उल्लेख गरेका छन । पाकिस्तानी टिभीको एक अन्तर्वाताका क्रममा उनले भने, ‘भारतले अहिले सम्म पाकिस्तानलाई नराम्रो लान्छना लगाउदै आइरहेको छ, हामी चै भारत प्रति इमान्दार र सहयोगी किन हुने?’मलाई थाहा छैन दाउद कहाँ छ ?  उ यहाँ हुन सक्छ या अन्य कतै हुन सक्छ ।

 भारतले धमाधम मुस्लिम समुदायलाइ मार्ने गरेकोले दाउदले प्रतिकार गरेको हुन सक्ने भन्दै उनको संकेत कश्मिर तर्फ केन्द्रित थियो । पाकिस्तानले यस भन्दा अघि पनि दाउद पाकिस्तानमा नरहेको जिकिर गर्दै आएएको छ । भारतले भने दाउद पाकिस्तानको कराँची स्थित क्लिफटन टावरमा रहेको दाबी गर्दै आएको छ ।

भारतले मुम्बई बम काण्डको मुख्य आरोपी दाउदलाइ भारतलाई सुम्पन आग्रह गर्दै आएपनि पाकिस्तानले भारतको यो कुरालाई कुनै वास्ता नै गरेको छैन ।एजेन्सी

Powered by Facebook Comments