आइएसका लडाकुले जथाभावी ट्रक चलाउँदा न्यूयोर्कमा ८ जनाको मृत्यु, ११ घाइते

काठमाडौं :
न्यूयोर्कको म्यानह्याटनस्थित व्यस्त सडकमा एक आतंकवादीले जथाभावी ट्रक चलाउँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। स्थानीय सुरक्षा अधिकारीका अनुसार मानिसहरु हिँड्डुल गर्ने तथा साइकल चलाउने बाटोमा २९ वर्षीय सेफुल्ला साइपोब जथाभावी ट्रक चलाएका थिए । प्रहरीले उनलाई गोली प्रहार गरी हिरासतमा लिएको बताइएको छ । उनी आप्रवासीका रुपमा २०१० मा अमेरिका प्रवेश गरेको पनि मिडियाहरुले दाबी गरेका छन् । यस्तै उनले चलाएको ट्रक भित्र खानतलाशी गर्दा आईएस सम्बद्ध केही कागजपत्र पनि भेटिएको बताएको छ ।
आक्रमणकारीको साथबाट २ वटा सानो बन्दुक पनि फेला परेको न्यूयोर्क प्रहरीले बताएको छ । उक्त आक्रमणलाई आतंककारी आक्रमणको संज्ञा दिंदै न्यूयोर्कका मेयर बिल ब्लासियोले सर्वसाधारणमाथि गरिएको आतंककारी आक्रमण निन्दनीय भएको बताउँदै छानबिन पछि मात्र हामी थप बाहिर तथ्य बाहिर आउने बताएका छन् । – बीबीसी

Powered by Facebook Comments