आचारसंहिता विपरीत मन्त्रीपरिषद् विस्तार : एमाले

काठमाडौं :
प्रमुख विपक्षी नेकपा एमालेले वतर्मान सरकारले आचारसंहिता विपतिर मन्त्रीपरिपाद् विस्तार गरेको भन्दै आपत्ति प्रकट गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रक्रिया नै शुरु भइसकेको अवस्थामा सरकार बिस्तारको कुनै अर्थ नरहेको भन्दै एमालेले आचारसंहिता विपरीत कार्य रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएको छ ।
‘निर्वाचनको प्रक्रिया नै शुरु भइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु र नयाँमन्त्री नियुक्त गर्नु निर्वाचन आचारसंहिता विपरीत हो’–एमालेले भनेको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् बिस्तारको अनुचित कार्य नरोके एमालेले प्रतिवाद गर्ने बताएका छन् । निर्वाचन आयोग सरकारको लाचार छायाँ बन्न नहुने भन्दै उनले आयोगका पदाधिकारीको ध्यानाकर्षण गराइसकेको बताए ।
‘चुनाव घोषणा भएर आयोगले प्रक्रिया शुरु गरिसकेको छ । अहिले सरकार ढाल्ने वा बनाउने अवस्था छैन’ पूर्व सभामुखसमेत रहेका नेम्वाङले भने–‘निर्वाचन आचारसंहिता लागु भएपछि खरदार, सुब्बाको समेत नियुक्ति र सरुवा गर्न नपाइने अवस्थामा मन्त्री थप्नु आचारसंहिताको गम्भिर उल्लंघन हो ।’

Powered by Facebook Comments