एनआरएनए हङकङका सल्लाहकार त्रिलोक गुरुङ नेपाली काँग्रेस प्रवेश

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनाबी पारोको तापक्रम बढिरहेको बेला अमेरिका कोर्डिअनेटर सोनाम लामा र एनआरएनए हङकङका सल्लाहकार त्रिलोक गुरुङ नेपाली काँग्रेस प्रवेश गरेका छन् ।  गैरआवासीय नेपालीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको सरगर्मी बढिरहेका बेला उपाध्यक्षका उम्मेदवार समेत रहेका लामा काँग्रेस प्रवेश गरेका हुन् ।

गुरुङ महासचिवका उम्मेदवार हुन् । लामा र गुरुङ लगायतलाई काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले टीका माला लगाएर स्वागत गरेका छन् । महासचिवका उम्मेदवार गुरुङ हङकङ र मकाउमा निर्माण व्यवसाय गर्दै आएका छन् । उनले थुप्रै नेपालीहरुलाई रोजगारी दिँदै आएका छन् ।

Powered by Facebook Comments