एमबिबिएस चिट चोरी प्रकरण : विद्यार्थीहरुले डिन अग्रवालको पुत्ला जलाए

काठमाडौैं । चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएममा एमबिबिएसका विद्यार्थीहरुले डिन जगदीशप्रसाद अग्रवालको पुत्ला जलाएका छन्। एमबिबिएसका विद्यार्थीहरुले असोज २८ गते भएको चिट चोरी प्रकरण तत्काल छानविन गर्नुपर्ने माग राखेर आइओएम घेराउ समेत गरे। विद्यार्थीहरुले प्रहरीको प्रतिवेदन सर्वजनिक गर्न माग गर्दै  डिन अग्रवालको राजिनामासमेत माग गरेका छन्। चिट चोरी प्रकरणमा त्रिवि छानविन कमिटीले प्रतिवेदन सार्वजनिक गर्ने भनेपनि सार्वजनिक भएको छैन । एमबिबिएस प्रवेश परीक्षामा चिटिङ भएको प्रमाणित भइसक्दा पनि पुनः परीक्षाका लागि निर्णय नलिएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

Powered by Facebook Comments