एमाले एक्लै लड्न तयार छ : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले फ्रि स्टाइलले चुनाव लड्न तयार रहेको बताएका छन् । नेकपा एमालेको प्रदेश संगठन कमिटी, प्रदेश नम्बर ४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कसैले पनि दोस्रो पार्टी बनाउन नसक्ने दाबी गर्दै अन्य पार्टीहरू जतिसुकै मिलेर आए पनि एमाले एक्लै लड्न तयार रहेको बताए। उनले उनले प्रदेश नम्बर दुईमा एमालेलाई दोस्रो पार्टी बनाएर देखाउन चुनौती दिए।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीतिमा दुई पार्टीबीच मात्र प्रतिस्पर्धा हुने बताएका छन्। ‘काँग्रेसले लोकतन्त्र जप्ने काम गर्छ व्यवहारमा केही देखाउँदैन्,’ ओलीले भने, ‘तर, एमाले लोकतन्त्र प्रणालीलाई लागू गर्ने पार्टी हो । अरु जस्तो जहाँ ताली पाइन्छ त्यही अनुसारका कुरा एमालेले गर्दैन् ।’ उनले माओवादीको नाम चुनाव सम्मको लागि मात्र भएको बताए । ‘आगमी चुनावसम्म माओवादीको नाम लिउँ, त्यसपछि किन नलिएको भनेर कसैले भन्दैन्,’ उनले भने, ‘माओवादी वैचारिक रुपमा विघटन भइसकेको छ । माओवादी केन्द्रीय समिति जम्मा चार हजारमात्र छ अरु केही छैन् ।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन आयोगले पक्षपात गरेको आरोप लगाए। उनले एमालेको कार्यक्रममा ढुङ्गा, मुढा गरेको नदेख्ने आयोगले एमालेले टोपी लगाउँदा भने विवादित बनाएको बताए। ‘एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चिन्ह अंकित टोपी लगाउँदा २४ घण्टे अल्टिमेटम दिने अनि एमालेको कार्यक्रममा ढुङ्गा, मुढा गर्दा वास्ता नगर्ने आयोगको यो कस्तो व्यवहार हो ?’–उनले प्रश्न गरेकार्यक्रममा विभिन्न पार्टीबाट प्रवेश गरेकालाई ओलीले स्वागत गरेका थिए ।

Powered by Facebook Comments