एसीसी यू-१९ एसिया कप क्रिकेट : भारतसँग खेल्दै नेपाल

काठमाडौं। एसीसी यू-१९ युथ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ। भारतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्दैछ।नेपाल पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो भने भारतले मलेसियालाई हराएको थियो। एसीसी यू-१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् ।

Powered by Facebook Comments