ओबामा केयरलाई अन्त्य गरी हेल्थ केयर विल ल्याउँदै ट्रम्प

काठमाडौं :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो तीन महिने कार्यकालमा पहिलो सफलता हात पारेका छन् । ट्रम्प ‘ओबामा केयर’लाई अन्त्य गर्दै नयाँ हेल्थ केयर विल ल्याउन चाहन्छन् । यो विधेयकलाई हाउस अफ रेप्रिजेन्टेटिभ्सले पारित गरेको छ । यो विधेयक पास गर्न रिपब्लिकनलाई २१६ मत आवश्यक थियो र २१७ भोटका साथ पास भएको छ । एक भोट डेमोक्रेटले यो विधेयकको पक्षमा दिए ।
अमेरिकन हेल्थ केयर एक्ट बिलका लागि रिपब्लिकन पार्टीभित्र पर्याप्त समर्थन जुटाएपछि पास गरिएको हो । मार्चमा पर्याप्त समर्थन नजुटेपछि ट्रम्प सरकारले यो विधेयक फिर्ता लिएको थियो ।

Powered by Facebook Comments