ओली र प्रचण्डको भित्री दाउ

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनको अहिले चारैतिर चर्चा छ । यो गठबन्धनको भित्री कुरा बाहिर आएको छैन । तर, माओवादीले एमालेलाई प्रयोग गरेर धेरैभन्दा धेरै सिट जितेर आफ्नो नेतृत्वमा सरकार बनाउने चाहेको भित्री इच्छा रहेको बुझ्न सकिन्छ ।
हुन त एमाले पनि माओवादीलाई कांग्रेससँग सम्बन्ध बिच्छेद गर्न लगाएर धेरै सिट जित्ने योजनामा छ ।

केन्द्रीय संसदमा एमालेले कम्तिमा पनि प्रत्यक्षमा एक सय स्थानमा जित्ने दाबी गरिरहेको छ । त्यसपछि बाँकी रहेको सिट संख्या माओवादी र अन्य दलहरूलाई दिने योजना बनाएको छ । केपी ओली पनि राजनीतिक खेलाडी हुन् । उनले प्रचण्डको कमजोरी बुझेका छन् । प्रचण्डको त्यही कमजोरीलाई प्रयोग गरेर ओलीले एमालेका लागि धेरैभन्दा धेरै सिट राखेर जिताउने प्रयास गर्ने छन् । यो कुराबाट अलिक धेरै जानकार नरहेका प्रचण्डले पनि एमालेभन्दा धेरै सिट जितेर सत्ताको तर मार्ने योजना बनाई रहेका छन् ।

कथंकदाचित माओवादीले भने जति सिट जित्न नसकेपछि एमालेमा पार्टीलाई बिलय गराएर आफू राष्ट्रपति वा पार्टी अध्यक्ष बन्ने सपना देखेका छन् । तर, प्रचण्डलाई के कुरा थाहा छैन भने जीवनभरि एमालेमा रहेर संगठन गरेका एक सयभन्दा धेरै केन्द्रीय लेबलका नेताहरू छन् भन्ने । माधव नेपाल, बामदेव गौतम, झलनाथ खनाल, भीम रावल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङसहितका दर्जनौ नेताहरू प्रचण्डको योजना अनुसार सजिलै पद दिने अवस्थामा छैनन् । उनीहरूले प्रचण्डको बाटोमा अबरोध सिर्जना गर्ने छन् । त्यस कारण प्रचण्डले अहिले नै बुद्धि पु-याउँदा उचित हुने सुझाव आउन थालेको छ । बरु प्रचण्डले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने हो भने १२ वर्षे जनयुद्धको इज्जत रहनेछ । होइन भने एमालेको वैशाखी टेकेर सत्तामा आएको आरोप इतिहाँसमा दर्ज हुनेछ ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

 

Powered by Facebook Comments