कस्तो सुनिएला ३६५ जनाले गाएको यो गीत ?

काठमाडौं :
नेपालली ३६५ जना गायक तथा गायिकाले गीत गाएर नयाँ रेकर्ड राखेका छन् । विश्वमै पहिलो पटक ३६५ जना नेपाली गायक–गायिकाको संयुक्त रुपमा गाएको गीत राष्ट्रपति विद्यादेवि भण्डारीले सार्वजनिक गरेकी छिन् । काठमाण्डौको आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा ‘मिलनकोली’ शिर्षक दिइएको उक्त गीत सार्वजनिक गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रकवी माधवप्रसाद घिमिरेलगायतको उपस्थितिमा सार्वजनिक गरिएको उक्त गीतमा राष्ट्रकवी घिमिरेदेखि नेपालका ख्याती प्राप्त गायक गायिका एवम् संगीतकर्मीको स्वर छ । वातावरणसम्बन्धी चेतनामूलक ‘मिलानकोली’ नामक गीत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०७३ जेष्ठ ६ गते रेडियो नेपालको स्टूडियोमा एकैदिनमा रेकर्ड गरिएको थियो ।
वातावरण संरक्षणको विषयलाई उठान गरी तयार पारिएको यो गीतमा शब्द तथा संगीत निपेश ढाकाको छ । एउटै गीतमा ३६५ जना गायक–गायिकाहरूले आवाज दिएको यस अगाडि तयार नभएकाले यो गीत गिनिज बुकमा रेकर्ड हुने दाबी गीतकारको छ ।

Powered by Facebook Comments