काँग्रेस नेता गगन थापाको उपचार हुँदै, शिक्षण अस्पतालमा भीड

काठमाडौं । प्रहरीले काँग्रेस नेता गगन थापामाथि बम आक्रमण गर्ने आक्रमणकारीको खोजी कार्यतिब्र बनाएको वताए पनि अहिले सम्म् कसैलाई पनि पक्राउ गर्न सकेको छैन। नेपाल प्रहरीका प्रवक्ता डिआईजी मनोज न्यौपानेले काँग्रेस नेता गगन थापामाथि बम आक्रमण गर्ने आक्रमणकारीको खोजी कार्य तीब्र बनाइएको प्रतिक्रिया दिए । सोमबार बुढानीलकण्ठको चपलीमा आयोजित घरदैलो सकेर फर्किने क्रममा गगन थापामाथि बम आक्रमण भएको थियो ।

उनी माथि बम आक्रमण भएको जानकारी पाउने त्यसआसमासमा सुरक्षा व्यवस्था कडा बनाएर आक्रमणकारीको खोजी कार्य जारी राखिएको डिआईजी न्यौपानेले जानकारी दिए । सो बम आक्रमणमा दुई जना गम्भीर घाईते भएका छन् ।

गम्भीर घाईते हुनेमा श्याम कृष्ण श्रेष्ठ र राजकाजी श्रेष्ठ रहेका छन् भने ध्रुब खड्का लगायत ३ जना सामान्य घाईते भएका छन् । उनीहरु सबैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।

घरदैलो सकेर फर्किने क्रममा पछाडिबाट थापामाथि बम आक्रमण गरिएको थियो । पछाडि रहेका दुई श्रेष्ठ रहेको नजिकै बम आक्रमण गरिएकोले उनीहरु गम्भीर घाईते बन्न पुगेका हुन् । बम विष्फोट भएको बेलामा थापा निकै अगाडि पुगिसकेका थिए । अहिले गगन थापाको अवस्थाबारे बुझ्न शिक्षण अस्पताल महाराजगञ्जमा शुभेक्षुकहरुको भीड लागेको छ ।

 

Powered by Facebook Comments