कार्कीलाई डेब्यूमै ७ नम्बरको जर्सी

काठमाडौं :
नेपाल घरेलु मैदानमा ताजिकिस्तानबिरुद्ध खेल्दै गर्दा एक जना नयाँ खेलाडी पनि समावेश भएका थिए । मंगलबार भएको खेलमा एन्फाको कुनै पनि आधिकारिक प्रतियोगिता नखेलेका उनी सोझै राष्ट्रिय टोलीमा समावेश भएका थिए । काभ्रे स्थायी घर भएका २३ वर्षीय जर्ज प्रिन्स कार्कीले सोझै राष्ट्रिय टिममा स्थान बनाएका हुन् । त्यसको कारण हो उनको खेल्ने शैली । राष्ट्रिय टोलीका लागि ४९ खेल खेलिसकेका अनुभवी अनिल गुरुङको स्थानमा जर्ज प्रिन्स ले स्थान पाएका थिए ।
कार्की २०७२ सालमा नेपाल आर्मीको सेकेण्ड लेफ्टिनेन्ट पदका छन् । नेपालमा ६ महिना र भारतमा १८ महिना गरी कार्कीले आर्मी क्याडेड कोर्स गएको पुसमा पूरा गरेका छन् । मंगलबार बिशाल राईको स्थानमा ६३ औं मिनेटमा मैदान छिर्दै जर्ज प्रिन्सले नेपालको राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन् । उनले डेब्यू खेलमै ७ नम्बर जर्सी पाए । फुटबलमा ७ नम्बर जर्सीलाई महत्वपूर्ण मानिन्छ ।

Powered by Facebook Comments