केपी ओलीसँग साँठगाँठ गरेपछि ‘डन’ मन्त्री रेशम लामा बर्खास्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले महामन्त्री एवम् उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पद मुक्त गर्ने निर्णय गरेको छ ।

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले प्रधानमन्त्री देउवालाई पत्र पठाई लोकतान्त्रिक गठबन्धनलाई आधात पुर्‍याउने गरेर गतिविधी गरेकाले महामन्त्री पद समेत नरहने गरी गुण्डाको छबी बनाएका लामालाई पार्टीबाट निष्काशित गरिएको बताएका छन् ।

केही दिन अगाडि झापा जिल्लामा राप्रपाबाट झापामा प्रतिनिधी सभामा उम्मेदवार बनेका राजेन्द्र लिङ्देनलाई भोट माग्न चुनावी सभामा एमालेका अध्यक्ष केपी ओलीसँग साँठगाँठ गरेको भनेर राप्रपा (प्रजातान्त्रिक)ले लामालाई कारबाही गरेको हो ।

लामाले सरकारमा बसेर पार्टीको नीति र गठबन्धनको सहकार्य विपरित विपक्षी दल एमालेसँग मिलेको आरोप अध्यक्ष राणाले लगाएका छन् ।

‘राप्रपा (प्रजातान्त्रिक)को सिफारिसमा रेशमबहादुर लामा उद्योग राज्यमन्त्री रहेकोले नेपालको संविधान ०७२ को धारा २९८ उपधारा ९ (ग) बमोजिम निजलाई उद्योग राज्य मन्त्री पदबाट मुक्र गरी दिखनुहुन संविधान बमोजिम सिफारिस गर्दछु’, अध्यक्ष राणाले प्रधानमन्त्रीलाई पठाएको पत्रमा उल्लेख छ ।

Powered by Facebook Comments