क्यान्सर पीडित बालकको सहयोगका लागि क्लव डेजाभूमा च्यारीटी शो

काठमाडौं :
काठमाडौंको दरबारमार्गमा रहेको क्लव डेजाभूमा ब्लड क्यान्सर पीडित तीन वर्षीय बालकाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले ‘रनवे परेड–२०७४’ को च्यारटी फेशन शो आयोजना गरिएको छ । अभिनेता यशराज गराचद्धारा कोरियोग्राफि गरिएको उक्त फेसन ेमा फेसन डिजाइनरहरु राशि कोइराला, लजिमा सब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, डिना गुरुङ, पेमा याङ्गी शेर्पा, श्वेता थापा, ओसिना थापाको डिजाइनमा तयार भएको पहिरनहरुको प्रदर्शन गरिएको थियो । त्यसैगरी छिरिङ शेर्पा तथा कमल मानन्धरले तयार पारेको पहिरनहरु प्रदर्शन गरिएको थियो ।
१६ जना महिला तथा ११ जना पुरुष मोडलहरुद्धारा पहिरन प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरुको पनि उपस्थिति रहेको थियो । टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्मको अयोजनामा भएको फेशन शोमा वर्षा राउत, आशिष्मा नकर्मी, चादनी शर्मा, श्रृजना रेग्मी एन कुँवर, ओशिन सिटौला, करिश्मा श्रेष्ठ, रिश्ता बस्नेतले क्याटवाक गरेका थिए । त्यसैगरी नीराजन प्रधान, सलोन बस्नेत, दिक्पाल कार्की, प्रदिप बास्तोला, आमेश भण्डारी, सञ्जोग कोइराल, मिस्टर नेपाल २०१७ अक्षय रायमाझी तथा बक्सीङ खेलाडी म्याक्स बस्नेत र फुटबल खेलाडी अञ्जन विष्टले क्याटवाक गरेका थिए ।

Powered by Facebook Comments