खड्का बन्लान त अष्ट्रेलियाको सांंसद ?

bhubwan khadkaकाठमाडौं :
अष्ट्रेलियामा हुन लागेको संसदीय निर्वाचनमा एक नेपालीले उम्मेदवारी दिएका छन् । पश्चिम अष्ट्रेलियामा अबको एक महिनापछि हुन लागेको निर्वाचनका लागि उनले उम्मेदवारी दिएका हुन । मार्च ११ मा हुने संसदीय निर्वाचनमा नेपाली भुवन खड्काले उम्मेदवारी दिएका हुन् । अष्ट्रेलियाको प्रमुखमध्येको राजनीतिक दल ग्रिनको उम्मेदवारका रुपमा खड्काले उम्मेदवारी दिएका हुन् ।
विद्यार्थी भिसामा सन् २००८ मा अष्ट्रेलिया गएका खड्का संसदीय निर्वाचनमा उम्मेदवारी दिने पहिलो नेपाली हुन् । पश्चिम अष्ट्रेलियाको बेलमोन्ट क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका उनले आफू संसदीय निर्वाचनमा विजयी भए वार्षिक २० हजार डलर आफ्नो तलबबाट नेपाली समुदायलाई सहयोग प्रदान गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

Powered by Facebook Comments