गगनको चरित्रहत्या गराउन केशव स्थापितले ५० लाखको ठेक्का लिएको खुलासा

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसका प्रभावशाली नेता गगन थापाको जित पक्कापक्की जस्तै भएपछि एमालेले थापाको चरित्र हत्या गर्ने  काठमाडौं महानगरपालिका पूर्व मेयर एवं एमाले नेता केशव स्थापितलाई प्रयोग गरेको खुलासा भएको छ । यतिसम्म्मकी  गगन थापामाथि बम आक्रमण हुँदा घाइते भएको समाचारलाई स्थापितले हिन्दी फिल्मको प्रचार शैलीसँग जोडेर मानविय संबेदनशिलताको खिल्ली उदाएका छन् । एमाले स्रोतका अनुसार थापाको चरित्रहत्या गराउन र थापा बिरोधी गतिबिधी गराएर हतोत्साही बनाउन  मात्र स्थापितले एमाले र गगनका प्रतिस्पर्धी राजन भट्टराईबाट झन्डै ५० लाख रकम लिएका छन् ।

यसअघि पनि यस्तै आरोप सहितको झुटो समाचार प्रकाशित भएपछि कांग्रेस नेता थापाले कृषिमा अनुदान नलिएको स्पष्ट पारिसकेका थिए । भ्रामक र झुटो समाचार बनाएर गलत नियतले प्रचार प्रसार गरेका झापाका एक जना एमाले कार्यकर्तालाई प्रहरीले कारबाही गरेको थियो ।

अहिले फेरी गगन बिरुद्ध भ्रमक आरोप लगाएर प्रचार गर्ने केशव स्थापित चुनाबी प्रोपोगाण्डाको लागि जे पनि गर्नुपर्छ भन्ने मान्यता राख्ने एमाले नेता हुन् ।
बेलाबेलामा आधारहिन र कपोकल्पित कुरा गरेर चर्चामा आउने स्थापितले अहिलेकी राष्ट्रपति विद्या भण्डारी चुनाब लड्दा यस्तै प्रोपोगाण्डा गराएको आफैले सगौरब बताउने गरेका छन् ।

उनले ‘विद्याको सारीमा रातो रंग छर्कन लगाएँ, कांग्रेसले छर्केको भनेर प्रचार गराएँ’ भनेका थिए । स्थापित एमाले भित्र यस्तै झुट प्रचारका लागि प्रयोग हुदै आएका छन् । तर हावादारी गफाडी र प्रपोगाण्डाको परिचय बनाएकाले उनलाई कुनै जिम्मेबार पद दिन भने एमाले तयार भएको छैन ।

गगन थापालेको लोकप्रियताबाट डराएपछि एमालेका स्थापितलाई प्रयोग गरेर चरित्र हत्या गर्ने प्रयास गरिएको हो । थापा स्वास्थ्यमन्त्री हुँदा डायलासिस, मृगौला प्रत्यारोपण, बाथमुटुरोग सल्यक्रिया लगायतका निशुल्क उपचार, विशिष्ट व्यक्तिले पाउने उपचार खर्च कटौती, विपन्नलाई राहत कार्यक्रम, सबै नेपालीलाई स्वास्थ्य बीमा, गरिब बिपन्नलाई निःशुल्क बिमा, औषधीमा २२ सय प्रतिशत सम्म सस्तो बनाउने लगायत थुप्रै जनपक्षीय काम गरेर लोकप्रियता बढाएका थिए ।

 

यस सन्दर्भमा थापाले भनेका थिए–‘म सार्वजनिक व्यक्ति हुँ । मेरो जीवन खुल्ला किताबको पाना जस्तै पारदर्शी छ । यस्ता खालको दुष्प्रयास गर्ने जति दोषी छन्, त्यति नै दोषी यस्ता निराधार हल्लालाई पत्याउने पनि छन् ।’ थापाले भने जस्तै यस्ता श्रृङ्खला अघि बढिरहेका छन् ।

Powered by Facebook Comments