गगन थापालाई मतदान गर्न डा.गोविन्द केसीले गरे यस्तो अपिल(भिडियो सहित)

काठमाडौं । नागरिक अभियन्ता डा.गोविन्द केसीले नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नं. ३ बाट प्रतिनिधी सभाका उम्मेदवार गगन थापालाई मतदान गर्न अपील गरेका छन् ।

सामाजिक सञ्जाल युट्युबमा अन्तर्वाता दिादै डा.केसीले गगन थापाले ३ करोड जनताका पक्षमा काम गर्ने ल्याकत राख्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘चिकित्सा विधेयक संसदमा बनाउने क्रममा गगन थापाजीले ठूलो भूमिका खेल्नुभएको छ । ३ करोड नेपाली नागरिकलाई स्वास्थ्यमा फाइदा हुने निर्णय गर्नुभएको छ ।’ डा.केसीले भनेका छन्, ‘जनताको काम गर्ने गगन थापाज्यूलाई मतदान गर्न अपील गर्छु ।’

नागरिक अभियन्ता डा।केसीले चिकित्सा विधेयक बनाउन र पारित गर्नका लागि इमान्दारिताले काम नगरेको भन्दै ६०१ सांसदहरुमध्ये गगन थापाले मात्रै जनताको हितमा काम गरेको बताए ।

प्रमुख दलका शीर्ष नेताहरु नै व्यक्ति स्वार्थपूर्तिमा सक्रिय भएकाले त्यस्तो अवस्थामा कांग्रेसका युवा नेता थापाको भूमिका अत्यन्तै सह्राहनीय रहेको केसीले बताए ।

डा.केसीले नेता चिनेर सहि व्यक्तिलाई मात्रै मतदान गर्न आग्रह गरेका छन् । उनले गगन थापालाई जनताको पक्षमा काम गर्ने नेताका रुपमा परिचितगराएका छन् ।

विपक्षी दलहरुले कांग्रेसका उम्मेदवार थापाविरुद्ध भ्रामक समाचारहरु सम्प्रेषण गराइ रहेका बोला डा.केसीले गगन थापाका पक्षमा मत मागेका हुन् ।

Powered by Facebook Comments