गायिका वलीलाई उत्सर्ग संगीत पुरस्कार

काठमाडौं :
कोमल वलीलाई उत्सर्ग फिल्मस् नेपालले उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार प्रदान गर्ने भएको छ । गीत संगीतको उन्नयनमा विशिष्ट योगदान पुर्‍याएको भन्दै वलीलाई पुरस्कृत गर्ने निर्णय गरेको संस्थाका प्रवन्ध निर्देशक केएल पीडितले जानकारी दिए । प्रमाणपत्रसहित १५ हजार रुपैयाँ राशीको सो पुस्कार दाङको घोराहीमा असोज ३१ गते हुने उत्सर्ग डान्सिङ स्टार–४ को फाइनलमा प्रदान गरिने भएको छ ।

Powered by Facebook Comments