चार डिआइजीको एआईजीमा सिफारीस,एआइजीको संख्या १६ पुग्यो

काठमाडौं ।  बढुवा समितिले नेपाल प्रहरीका चार डिआइजीलाई एआईजी बढुवामा सिफारीस गरेको छ । एआईजीको थप दुई वटा दरबन्दी थप गरी चारजनालाई एआईजी बढुवामा सिफारीस गरिएको हो ।

डिआईजीहरु हेमन्त पाल, मधु पुडासैनी, माधव नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवामा सिफारीस भएका हुन । उनीहरू सबै आईजिपी प्रकाश अर्यालका ब्याची हुन् । तीन महिनाअघि नै सरकारले दुई वटा एआइजीको दरबन्दी सिर्जना गरेको थियो ।

तर, प्रतिस्पर्धी धेरै र चलखेल बढेपछी  फेरि दुईवटा दरबन्दी थपिएको हो । योसँगै नेपाल प्रहरीमा अब एआइजीको संख्या १६ पुगेको छ ।  । बढुवा सिफारीस भएका एआईजीहरूलाई कहाँ राखिने तय भएको छैन ।

Powered by Facebook Comments