चितवनमा प्रचण्डको लज्जास्पद पराजय हुने पाण्डेको दाबी, सिराहामा जस्तो फिक्सिङ नहुने

नारायणघाट ।  चितवन क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रतिस्पर्धामा उत्रिएका लोकतान्त्रिक गठबन्धनका उमेदवार बिक्रम पाण्डेले प्रचण्डलाई हराउने दाबी गरेका छन् ।

  पहिलो संबिधानसभा निर्बाचनमा काठमाण्डौ १० र रोल्पा दुबै ठाँउबाट निर्बाचनमा उत्रिदा प्रचण्डलाई काठमाडौं १० का जनताले लज्जास्पद रुपमा हराएका थिए । सिराहबाट समेत निर्बाचन लडेका प्रचण्डले पराजित भएपनि फिक्सिङ गरेर जिताईएको थियो ।  उद्योगपति एबम् समाजसेवी बिक्रम पाण्डेले आफूले कसैको हत्या पनि नगरेको, कसैको सिंदूर पनि नपुछेको हुनाले चितवनका जनताले प्रचण्डलाई चिनेर मतदान नगर्ने र आफूलाई विजयी गराउने कार्यक्रममा बताउने गरेका छन् ।

 केहि दिन अगाडीमात्र भएको एउटैमात्र पुत्र समेत गुमाएका पुष्पकमल दाहालले बाँदरमुढे लगायतका घटनामा पटक पटक माफ माग्ने काम गरेपनि उक्त घटना माफि पाउने खाल्को नभएको राप्रपा प्रजातान्त्रीकका उपाध्यक्ष समेत रहेका उमेदवार पाण्डेको छ ।

 पाण्डेको बिचारमा स्थानीय तहको निर्बाचनमा काँगेसलाई झुक्याएर आफ्नी छोरी रेणुलाई मेयर बनाएपनि अब काँग्रेसमात्र नभएर एमाले र साधारण जनताले समेत आफूलाई जिताएर चितवन जिल्लाका लागी न्याय गर्छन् । उनले आफू राप्रपाका अध्यक्ष भन्दा पनि देशकै प्रधानमन्त्री हुने समेत बताउने गरेका छन् ।

  पाण्डे प्रश्न गर्छन्, अध्यक्ष दाहालले दुईपटक प्रधानमन्त्री भएर बाँदरमुढेका जनतालाई के राहत दिए त ? जहिले पनि ढाँट्ने र जनतालाई दुःख दिने पार्टी नै माओबादी भएको र आफू लोकतन्त्रका लागी, जनताको सेवाका लागी सधैं हाजिर हुने हुंदा बिगतका मेरा काम समेत हेरेर आफूले जित्नेमा शंका नभएको पाण्डेको भबिश्यबाणी छ । दाहालले प्रधानमन्त्री भएपनि बाँदरमुढेका जनतालाई माफ माग्ने र छेउमा गयो भने आँशु झारेर रोएको नाटक गर्ने बाहेक कुनैपनि राहत दिन नसकेको मन्त्री पाण्डेको तर्क छ ।

Powered by Facebook Comments