चीन र नेपालबीचको एकमात्र रसुवागढी नाका बन्द

काठमाडौं : चुनावको कारण देखाउँदै छिमेकी राष्ट्र चीनले नेपाल जोड्ने एकमात्र रसुवागढी नाका बन्द गराएको छ । चीनमा भोली हुने कंग्रेस सभाको चुनावको लागि अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी बन्द गरिएको छ। नेपाल र चिनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका ६ दिनका लागि बन्द गरिएको हो। १९ औँ चिनियाँ नेसनल कंगे्रस सभा तथा चिनतर्फको बाटो मर्मत गर्नुपर्ने कारण देखाउँदै चिनियाँ पक्षले सीमानाका बन्द गरेको हो। चुनाव अवधीभरका लागि चीनस्थित केरूङमा बसिरहेका नेपालीलाई नेपाल फर्काइएको छ। व्यापारका लागि केरुङ पुगेका, होटल व्यवसाय सञ्चालन गरेर बसेका तथा रोजगारीका लागि केरूङमा रहेका सबै नेपालीलाई नेपाल फकाइएको प्रहरीले जनाएको छ । चिनियाँ समयअनुसार आज दिउँसो १ बजेबाट नाका बन्द गरिन लागेको हो। चीन सरकारले चीनको के ८१ र के ८७ भन्ने स्थानमा भारी बर्षापछि आएको पहिरोको कारण सडक अवरुद्ध भएको र विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएको जनाउँदै पनि नाका बन्द गराइन लागेको जनाएको छ ।

Comments

Top