जनकपुरलार्इ नै राजधानी बनाउने कांग्रेसको आश्वासन

काठमाडौं :
दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचन नजिकिंदै जाँदा राजनीतिक दलहरुले आ–आफ्ना उम्मेदवार जिताउन दलहरुले आकर्षक नारा दिंदै आएका छन् । यतिबेला शिर्ष दल र मधेश केन्द्रीत दलहरुको आँखा एक महानगर र तीन उपमहानगरमा गएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले घरदैलो र भेटघाटलाई तीब्रता दिएको छ । दलहरुले जनकपुर र वीरगञ्जलाई प्राथमिकतामा राखेका छन् । वीरगञ्ज २ नम्बर प्रदेशको एकमात्र महानगरपालिका हो भने जनकपुर उपमहानगरपालिका हो । जहाँ आफु पहिलो बन्न शीर्ष तहका नेतादेखि जिल्लास्तरका नेताहरुले मतदातामाझ आकर्षक चुनावी नारा सुनाईरहेका छन् ।
२ नम्बर प्रदेशमा प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादीका चुनावी नारा मिल्दा जुल्दै छन् । उनीहरुले विश्वविद्यालय स्थापना देखि वमानस्थल, डाइभर्सनलाई उच्च प्राथमिकतामा राखेर प्रचार–प्रसार गरिरहेका छन् ।
काँग्रेसले प्रदेश विश्वविद्यायल स्थापना गर्ने, कृषि क्याम्पस सञ्चालन, कोशी कमला डाइर्भसन बनाउने, जनकपुरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, जनकपुरलाई नै २ नम्बर प्रदेशको राजधानी बनाउने र वीरगञ्जलाई औधोगिक नगरीका रुपमा विकास गर्ने लगायत नारा राखेको छ ।

Powered by Facebook Comments