झापामा मतदानपछी सिटौलाले भने -यो निर्वाचनबाट जनता मालिक बन्नेछन्

झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले भद्रपुर १० स्थित कलवलगुरी आधारभूत विद्यालय मतदान स्थलबाट मतदान गरेका छन् ।  मतदानपछी सिटौलाले यो निर्वाचनबाट जनता मालिक बन्ने बताएका छन् ।

 निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरु असफल बनेको भन्दै उनले जनता मालिक बन्न यो निर्वाचन महत्वपूर्ण रहेको बताएका हुन् ।परिवर्तन विरोधीहरु आफैं पाखा लाग्ने जनाउँदै नेता सिटौलाले गणतन्त्र कार्यान्वयन हुने उल्लेख गरे । परिवर्तनको पक्षमा जनता रहेको तर्क गर्दै उनले आफ्नो पक्षमा परिणाम राम्रो आउने विश्वास व्यक्त गरेका छन् । सिटौला बाम गठबन्धनबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनसँग प्रतिष्पर्धा गर्दैछन् ।

Powered by Facebook Comments