डिआईजी बढुवामा वद्नाम एसएसपीहरुको चलखेल, को-को हुँदै छन् बढुवा ?

काठमाडौं। निर्वाचनको मुखमा सरकारले नेपाल प्रहरीका केही अधिकृतहरुको बढुवा गर्ने तयारी गरेको छ । सरकारले दुई एआईजी थप्ने, तीन डिआईजी, पाँच एसएसपी, पाँच डिएसपी र सात इन्सपेक्टरको बढुवा गर्ने तयारी थालेको छ ।

 निर्वाचन आयोगले केही दिनअघि मात्रै दुई एआईजीसहितका प्रहरी अधिकृतको बढुवाको लागि सहमती दिएको छ । दुईजनालाई एआईजीमा बढुवा गरेपछि तीनओटा डिआईजीको पद खाली हुन्छ ।

 जसमा बिबादित र बद्ननाम एसएसपीहरु डिआईजीमा बढुवा हुन चलखेल गरेका छन् । एसएसपीहरु सुवास चौधरी, दिनेश अमात्य, पिताम्बर अधिकारी, केदार रिजाल, शेरबहादुर बस्नेत, दिपक थापा र दानसिंह बोहरा डिआईजी बढुवाका प्रतिस्पर्धी हुन् ।

 ।  यि मध्ये रिजाल,अधिकारी,बस्नेत र थापा राम्रा प्रहरी अधिकारी मानिन्छन । सवैभन्दा राजनीतिक चलखेलमा लागेका एसएसपी अमात्य अपराध महाशाखामा रहँदा ललितपुर कुसुन्तीका लागूऔषध दुव्र्यसनी प्रवीण खत्रीको ‘फेक’ इन्काउन्टर गरेको भन्दै आलोचना खेपेर हेडक्वार्टर तानिएका थिए ।

  प्रहरीले ‘गुन्डा’को संज्ञा दिएका कतिपय ‘दादा’ र ‘डन’ खुलेआम हिँडिरहेकै बेला पद जोगाउन र सस्तो प्रचारका लागि लागूऔषध दुव्र्यसनी खत्रीको इन्काउन्टर गरेको भन्दै आलोचना खेपेपछि कार्यकाल ६ महिना बाँकी रहँदै उनी हेडक्वार्टर तानिएका थिए । त्यस्तै, प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैटेका पार्ट्नर सन्तोष गौतमसँग मिलेर घैटेको फसेको पैसा उठाएको बिषयमा पनि उनले बद्नामी कमाएका छन् ।  खराब व्यक्तिसँगको सांठगांठका कारण अमात्य र सुवास चौधरी नेपाल  प्रहरीमा बद्नाम पात्रका रुपमा चिनिन्छन ।

Powered by Facebook Comments