तेस्रो फियास प्रेसिडेन्ट कप खेल्न नेपाली साम्बो टोली कोरिया प्रस्थान

काठमाडौं।  तेस्रो फियास प्रेसिडेन्ट कप खेल्न नेपाली साम्बो टोली बुधबार कोरिया प्रस्थान गरेको छ। सेप्टेम्वर १ देखि ४ तारिखसम्म डोङ्गेमा हुने प्रतियोगितामा नेपालबाट ३ खेलाडीले सहभागिता जनाउने छन् । उक्त प्रतियोगितामा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्न लागको यो पहिलो पटक हो । ३ खेलाडीसँगै ६ सदस्यीय नेपाली टोली कोरिया गएका हुन्।

 नेपालबाट जित बहादुर तामाङले ८२ केजी स्पोर्ट्सतर्फ, दिनेश महर्जनले ७४ केजी स्पोर्ट्सतर्फ तथा कृष्णलाल तामाङले ६२ केजी स्पोर्ट्सर कम्ब्याटतर्फ प्रतिस्पर्धा गर्नेछन् ।

 यस्तै खेलाडीसँगै नेपाल साम्बव फेडेरेसनका उपाध्यक्ष रमेश पौडेल, महासचिव उत्तम श्रेष्ठ र सदस्य सागर थापा प्रशिक्षकको भूमिकामा रहनेछन्।

Powered by Facebook Comments