देशभर उत्साहजनक रुपमा मतदान हुँदै

काठमाडौं । ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुको मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन आज बिहान ७ बजेदेखि जारी छ । साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले तोकेको छ ।  दोस्रो चरणमा प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि मतदान हुन लागेको हो ।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । दोस्रो चरणको मतदान सकिएपछि बिहीबारबाटै पहिलो र दोस्रो चरणको मतगणना प्रारम्भ हुनेछ । पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । यतिबेला तराईका सबै र पहाडका जिल्लाहरुमा मतदान हुन लागेको छ । देशभरका जनताले उत्साहजनक रुपमा मतदानमा भाग लिएका छन्।

 

Powered by Facebook Comments