नवराज सिलवाल र सुशीला कार्कीबीचको सेटिङबारे गुनबहादुरले गरे खुलासा (भिडियो सहित)

काठमाडौं । पूर्व डिआइजी नवराज सिलवाल विरुद्ध चुनावी भिडन्तमा उत्रिएका स्वतन्त्र उम्मेदवार गुनबहादुर थापा ‘शम्भु’ ले राजधानीमा आइतबार पत्रकार सम्मेलन गर्दै सिलवाल कलियुगको रावण भएको आरोप लगाए ।  सिलवालले आफुमाथी गरेको अन्यायबारे कुरा राख्दै जाँदा  शक्तिको दुरुपयोग गर्दै आफुमाथी आक्रमण गर्न खोजेको थापाको आरोप छ । उनले सिलवालविरुद्ध आफु कानुनी लडाई लडीरहेको बताउदै सिलवाल र आफुमाथी निश्पक्ष छानविनको माग समेत गरे । वर्तमान सरकारले नै सिलवालले प्रहरीमा रहंदा किर्ते गरेको अभियोग लगाएको बताउँदै तत्काल दोषीलाई कार्वाही गर्न सरकार लाग्नुपर्ने उनको माग छ । थापाले आफु निर्दोश भए पनि सिलवाल र पुर्व प्रधानन्यायाधिस सुशीला कार्कीको डिजाइनमा  बैँकिङ कसुरको झुटो मुद्दा लगाएर फसाएको खुलासा पनि गरेका छन् । थापाले भने –  बैंकमा पैसा तिरेको प्रमाण पेश गर्दा पनि सिलवालकै स्वार्थमा लागेर सुशीलाले मलाई जेल हाल्ने काम गरिन,इतिहासले त्यसको पनि कुनै दिन मुल्याङकन गर्नेछ । ‘

हेर्नुहोस् भिडियो

Powered by Facebook Comments