निर्वाचनमा बिप्लबको ‘थ्रेट’ कायमै , प्रहरी-भन्छ सुरक्षा तयारी पूरा

काठमाडौं ।  नेपाल प्रहरीले निर्वाचनको सुरक्षा तयारी पूरा भएको र निर्वाचन विरोधी गतिविधिमा संलग्न करिब एक हजारलाई पक्राउ गरिएको जनाएको छ ।

 प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानले निर्वाचन विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६००, सिके राउत समूहका १३ र अन्य समूह तथा व्यक्ति ३५५ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

 यस्तै, ६१ थान हातहतियार, २८३ थान गोली, दुई हजार १८८ थान डेटोनेटर, बारुद १२ किलो, पटाका, जिलेटिनलगायत सामाग्री बरामद गरिएको उहाँले बताए ।  न्यौपानलेका अनुसार मतदानस्थलमा सुरक्षा संवेदनशीलताको आधारमा जनशक्ति, हातहतियार तथा साधनस्रोतको परिचालन गरिएको छ । प्रहरीको कुल जनशक्तिको न्यूनतम ९० प्रतिशत जनशक्ति परिचालन गरी निर्वाचन सुरक्षाका लागि सुरक्षा तैनाथी सम्पूर्णरुपमा सम्पन्न भइसकेको प्रवक्ता न्यौपानले जानकारी दिए । विष्फोटनका घटनामा संलग्न कास्कीबाट तीनजना, बारा, संखुवासभा, भोजपुर, सिराहा, उदयपुरबाट एक÷एक जना पक्राउ गरिएको उहाँले जानकारी दिए ।

Powered by Facebook Comments