निर्वाचन सुरक्षाका बिषयमा रक्षा सचिवलाई सेनाको ब्रिफिङ

काठमाडौं । नेपाली सेनाले आसन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनको सुरक्षाका बिषयमा रक्षा सचिवलाई जानकारी गराएको छ । सेनाले विहीबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा रक्षा सचिव विनोद केसीले निर्वाचन सुरक्षाका चुनौती र सेनाको तयारीका बिषयमा जानकारी गराएको हो ।

 रक्षा सचिव केसीलाई सेनाको अप्रेसन र बन्दोबस्ती हेर्ने रथीहरुले निर्वाचन सुरक्षा, आइपर्ने सम्भावित चुनौती र सेनाको कार्ययोजनाका बिषयमा जानकारी गराएको हो ।

  सेनाको ब्रिफिङ अघि प्रधानसेनापति राजेन्द्र क्षत्री र सचिव केसीबिच बेग्लै छलफल भएको थियो । दुई चरणमा सम्पन्न हुने निर्वाचनको बाहिरी घेरामा सेनाले सुरक्षा दिने छ । यस्तै निर्वाचन सामाग्रीको ढुवानी र सुरक्षाको जिम्मेबारी समेत सेनाले लिएको छ । निर्वाचनपछि मतदान स्थल र मतपेटिकालाई सुरक्षित रुपमा मतगणना स्थलसम्म पु-याउने जिम्मेबारी सेनाले पाएको छ ।

  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रक्षा सचिव केसी र प्रधानसेनापति क्षत्रीबिच हाल देशको बिद्यमान परिस्थिति र नेपाली सेना सम्बन्धी विविध बिषयहरुमा छलफल भएको थियो ।

Powered by Facebook Comments