नेपालको बजार अझै शुरुवाती चरणमा नै छ

भारतीय पुँजी बजार र नेपाली पुँजी बजारमा निकै भिन्नता पाइन्छ । बजारको विकासलाई हेर्ने हो भने भारतीय बजारलाई नेपाली बजारसँंग तुलना गर्न नसकिने बताउनु हुन्छ आधारभूत तथा प्राविधिक विश्लेषक विष्णुकुमार बस्याल । नेपालको पुँजी बजारको विकास क्रम तीव्र गतिमा भइरहेको छ । लगानीकर्ताहरुले पनि विशेष चासो देखाउँदै आएका छन् । तर, नेपाली बजारमा देखिएको ल्याकिङ प्वाइन्ट भनेको अनलाइन ट्रेडिङ हुन नसक्नु नै हो । बजारको विस्तार तथा नेप्से परिसूचकमा आउन सक्ने सम्भावनाबारे करिब एक दशकदेखि भारतीय पुँजी बजारको अनुभव बटुलीसकेका सीएफए होल्डर, आधारभूत तथा प्राविधिक विश्लेषक विष्णुकुमार बस्यालसँग गरिएको कुराकानी :

विष्णुकुमार बस्याल – आधारभूत तथा प्राविधिक विश्लेषक

० नेपाली र भारतीय पुँजी बजारमा के कस्तो भिन्नता पाउनु भयो ?
– कुनै पनि स्टक मार्केटमा लगानी गर्ने लगानीकर्ताको मनोविज्ञान लगभग एउटै हुने गर्छ । साथै हामीले प्राविधिक विश्लेषणलाई ध्यान दिएर हेर्ने हो भने पनि लगभग विश्वभरि एउटै ट्रेन्डले काम गरिरहेको हुन्छ । बजारको विकासलाई हेर्ने हो भने भारतीय बजारलाई नेपाली बजारसँंग तुलना गर्न सकिँदैन । भारतको बजार विकसित भइसक्यो । नेपालको बजार अझै शुरुवाती चरणमा नै छ । यसले गर्दा नेपाली बजारमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता मैले देखेको छु ।

० नेप्से परिसूचक अबको २ वर्षपछि ९ सयदेखि १ हजारको तहमा आउने अनुमान गर्नु भएको थियो, त्यसको आधार के हो ?
– मैले प्राविधिक विश्लेषणको आधारमा नेपालको नेप्से ९ सयसम्म आउन सक्ने बताएको हुँ । प्राविधिक विश्लेषणमा मार्केट फोरकास्टिङ टुल छ, जसलाई हामी इलेडवे प्याटन भन्ने गर्दछौं । यस प्याटर्न कुनै पनि स्टक मार्केटको निश्चित चक्रमा चल्ने गर्दछ भने प्रायः दोहोरिने खालका प्याटर्न बन्न छन् । अर्थात् विगतमा जुन किसिमको प्याटर्नहरु देखिएका छन्, त्यही खालको प्याटर्न आउने समयमा पनि दोहोरिने अनुमान गरिन्छ । नेपालको परिपेक्षमा हेर्ने हो भने सन् २००४ देखि नेपालको स्टक मार्केट ट्रेन्डमा चलेको थियो । सन् २००४ देखि २००८ सम्म नेपालको मार्केट २०० बाट ११ सयदेखि १२ सयको रेन्जमा आएको देखियो । त्यसपछि सन् २००८ देखि २०१२ सम्मको ४ वर्षको अवधि भने डाउन ट्रेनको रह्यो ।
सन् २०१२ देखि २०१६ सम्मको अगष्टसम्ममा १८ सय ८० सम्म बजार गयो र त्यही १८ सय ८० पछि नै बजारमा डाउन टे«न देखिएको छ । त्यसपछि फेब्रुअरी २०१७ देखि फेरि बजार माथि आएको थियो भने १८ सय ८० बाट लगभग १२ सयको रेन्जमा मार्केट खसेर फेरि १७ सय ७० सम्मको रेन्जमा मार्केट गयो । त्यसपछि बजारले माथि जाने प्रवृत्ति देखाउन सकिरहेको छैन ।

० इलेडवे प्याटनको आधारमा बजारको विश्लेषण त्यस्तो सटिक हुन्छ त ?
– इलेडवे थेउरी कहिले पनि पूरक हुँदैन र कुनै पनि प्राविधिक विश्लेषणलाई फोरकास्ट गर्दा त्यसमा यो नै निश्चित हो भनेर भन्न सकिँदैन । यसका पनि केही आधारहरु छन् । शुरुवाती अपेक्षाको आधारमा इलेडवे प्याटनलाई हेर्ने हो भने सन् २०१२ देखि ३ सयको रेन्जमा मार्केटे शुरुवात भएको थियो । तर यो चार वर्षको समय पहिले नै सकिसकेको छ । नेपालको परिपेक्षमा चार वर्षको अवधिमा एक किसिमको मार्केट साइल बन्ने गर्दछ । पछिल्लो टे«न्डलाई हेर्दा अहिले लगभग परिपक्व टे«न्डमा मार्केट गइराखेको छ । तर, यसको पनि एक निश्चित अवधि हुने गर्छ । यसमा हामीले च्यानलिङ लेबल हेर्दछौं र त्यसमा मार्केटले लामो समयसम्म साइडवेज मुमेन्ट नै बिताइ राख्यो भने मार्केट तल नखसेर उल्टै माथि जाने सम्भावना पनि हुन्छ ।
० त्यसो भए अबको दिनमा बजारले कुन दिशा लिन सक्छ त ?
– यसमा दुईवटा आधार छन् । करेन्ट लेबलबाट महिनाको सर्टटम समयलाई हेर्ने हो भने १६ सयदेखि १६ सय २० सम्म जाने सम्भावना देखिन्छ । यद्यपि, १४ सय ७० सम्म पुगेर फेरि १६ देखि १६ सय २० सम्म जाने सम्भावना छ । १६ सय २० भनेको मार्केटले एउटा निश्चित च्यानलमा नेप्सेको बजार टे«ड गरिराखेको छ । त्यो च्यानलको तलको लाइन भनेको १४ सय ७० छ र माथिल्लो लाइन १५ सय ९० देखि १६ सयको बीचमा छ । यदी १६ सय २० देखि माथि मार्केट स्टेबल भयो भने नेप्से परिसूचक लगभग १८ सयसम्म पुग्ने सम्भावना रहेको छ । तर, यदी यो लेबलमा मार्केट स्टेबल गर्न नसकेको अवस्थामा मैले भनेको जस्तै पहिलो रेन्ज ११ सय र लोअर रेन्ज ९ सयसम्म आउन सक्ने सम्भावना छ ।

० नेपाली पुँंजी बजारको संरचना अन्य देशको भन्दा फरक रहेको छ । यस कारणले प्राविधिक विश्लेषण र आधारभूत विश्लेषण पनि कतिपयले मिल्दैन भनेको सुनिन्छ नि ?
– टेक्निकल एनालाइसेस् होस् या फन्डामेन्टल एनालाइसेस् होस् यसको एउटा निश्चित सिद्धान्त हुन्छ । फर्मुलाहरु हुन्छन् । एनालाइसिस् गर्नको लागि र विश्वभरिको स्टक मार्केट त्यही किसिमले नै चलिरहेको हुन्छ । त्यसैले नेपालमा टेक्निकल एनालाइसेस् र फन्डामेन्ट एनालाइसेस् काम लाग्दैन भनेर हामीले भन्न मिल्दैन । किनकी अन्त्यमा काम लाग्ने भनेको यही नै हो । छोटो समयका लागि आएको सेन्टिमेन्ट वा क्राउड मेन्टालिटीले गर्दा मूल्यमा उतारचढाव हुनसक्छ । तर, अन्त्यमा काम गर्दै जाँदा काम लाग्ने कुरा यी नै हुन् । हामीले यसलाई वेवास्ता गरेर जान सक्दैनौं ।

० नेपालको बजार परिपक्व हुन अझ के–के गर्न आवश्यक छ ?
– सन् २००० देखि नेपालको पुँजी बजारको विकास क्रम तीव्र गतिमा भइरहेको छ । लगानीकर्ताहरुले पनि विशेष चासो देखाउँदै आएका छन् । तर, यति लामो समय भइसक्दा पनि नेपाली बजारमा देखिएको ल्याकिङ प्वाइन्ट भनेको अनलाइन ट्रेडिङ हुन सकेको छैन । रिटेल इन्भेस्टरलाई ट्रेड गर्नु परेमा लगानीकर्ता ब्रोकरमाथि नै निर्भर हुनुपर्ने अवस्था छ । सबैभन्दा ठूलो कुरा यहाँको नियामक निकायले छिटोभन्दा छिटो अनलाइन ट्रेडिङको व्यवस्था गरिदिए केही सुधार आउन सक्ला । अर्को कुरा मार्केटमा नयाँ इन्ष्टुमेन्ट ल्याउन आवश्यक छ । जस्तै हामी स्टक मार्केटमा क्यास मार्केटमा मात्र काम गरिरहेका छौं ।

० कुनै पनि लगानीकर्ताले राष्ट्रिय वा अन्तराष्ट्रिय पुँजी बजारमा लगानी गर्दा कतिसम्मको प्रतिफल खोज्नु उचित हुन्छ ?
– लगानीकर्ताले कुनै पनि स्टकमा लगानीगर्दा प्रतिफले खोजेको हुन्छ । यदी हामीले विकसित मुलुकलाई हेर्ने हो भने त्यहाँको निन्फ्यक्स र निटरेस्ट रेट निकै तल छ । जसले गर्दा उनीहरुले कम रिटन एस्पेक्ट गर्छन् । हामीले नेपाली र भारतीय मार्केटलाई दाँज्ने हो भने विद्यमान फिक्स डिपोजिटको रेट कति छ । नेपालमा अहिले १० प्रतिशतको हाराहारीमा फिक्स डिपोजिट छ । कुनै पनि स्टकमा फिक्स डिपोजिट गर्ने हो भने यसबाट न्यूनतम् प्रतिफल त खोजिन्छनै । किनकी यो मार्केटमा रिक्स पनि चाहिन्छ ।
फिक्स डिपोजिटमा त रिक्स फ्रि नै छ । अहिले ४÷५ प्रतिशत इन्फुयसन रेट छ भने समग्रमा १५ देखि १६ प्रतिशत इटरेस्ट रेटको अपेक्षा लगानीकर्ताले गर्छन् । तर, अपेक्षा बढी मात्रामा गरेमा यसले फेरि लगानीकर्तालाई सेटव्याक हुने सम्भावना बढी हुन्छ । यसमा लगानीकर्ताले आफ्नो पुँजीको डिस्पेजेबल इनकम जुन छ त्यसलाई एउटै एसेटमा लगाउने सम्भावना हुन्छ । त्यसैले १५ देखि १६ प्रतिशतको इनकम एस्पेट गरियो भने उक्त लगानीकर्ता सफल हुनसक्छ ।

० त्यसो भए लगानी गर्दा छोटो अवधि र लामो अवधिको लगानीमध्ये कुन गर्दा उचित हुन्छ त ?
– छोटो समयका लागि लगानी गर्ने हो भने टेक्निकल एनालाइसेस् नै उत्तम हो । छोटो समयको लागि लगानी गर्नेहरुले कुन समयमा इन्ट्री गर्ने र कुन समयमा बाहिरिने भन्ने थाहा पाउनुपर्ने कुरा हो । तर, सामान्यतया लगानीकर्ताहरुले इन्ट्री त गर्नु हुन्छ तर लगानी घाटामा आउन थालेपछि बाहिरीदैनन् । छोटो समयको लागि लगानी गर्ने लगानीकर्तालाई हामीले भारतमा पनि सल्लाह दिने गर्छौ । इन्टी« गरिसकेपछि घाटालाई कम गर्न स्टप प्लस गर्न पनि आवश्यक छ । यदी उहाँहरुले स्टप प्लसलाई वेवास्ता गर्नु भयो भने उहाँहरुको सबै लगानी डुब्न पनि सक्छ ।

० प्रायः नेपालको सन्दर्भमा हेर्ने हो भने टेक्निकल एनालाइसिस्को त्यति विश्वास गरेको पाइँदैन । एनालाइसिस् पनि फरक–फरक निस्किन्छ, यहाँलाई टेक्निकल एनालाइसिस्ले कसरी काम गर्छ भन्ने लाग्छ ?
– हामीले एउटै कम्पनीको विश्लेषण गर्ने पाँच वटा एनालाइसिस्को धारणा बुझ्यौं भने पाँच वटाको नै फरक–फरक धारणा आउन सक्छ । सबै टेक्निकल एनालाइसिस्को प्रेडिक्सन एउटै होस् भन्ने जरुरी छैन । मैले कुनै टेक्निकल एनालाइसिस्मा बेयरिस देखिरहेको छु भने अर्को एनालाइसिस्ले बुलिस देखिरहेको हुन सक्छ । टेक्निकल एनालाइसिस् भनेको अरुको कुरा सुनेर मात्र एनालाइसिस् गर्ने होइन । यो आफंैले अध्ययन गरेर यसको केही नियमलाई जस्तै च्यानिलिङ टेक्निक हेर्न सक्छौं, प्राइस टेक्निक हेर्न सक्छौं, यसलाई सपोर्टिङ टेक्निकको इन्डिकेटरको रुपमा प्रयोग गर्न सकिन्छ । जस्तै आरएसआई, एमइसीडी त्यसलाई हेरेर केही नियम उत्पादन गरेर टेक्निकल एनालाइसिस् गयौं भने हामी सफल हुन सक्छौं । तर, जहाँ हामीले एउटा प्वान्टमा इन्ट्री गरेर एउटा प्रेडिक्सन पनि गरेका थियौं ।

० अन्त्यमा नेपाली कमोडिटि मार्केटलाई तपाईले कसरी हेर्नु भएको छ ?
– कमोडिटी बजारमा एक्सचेन्जहरुको प्राइसिङ मेकाानिजम् लगानीकर्ता मैत्री छैन । साथै प्राइस नेगोसिएट गर्न उनीहरुलाई टाइम दिइरहेको अवस्था छैन । एक्सचेन्जले आफंै रेन्ज तोकिदिएको छ । जसमा लगानीकर्ता बजारमा प्रवेश गरिसकेपछि कुनै निश्चित प्रतिफलभन्दा बढी लिन नपाइने भनेर तोकिएको छ । प्राइस मेकाानिजम ल्याउँदा रियल मेकानिजम ल्याउनुपर्छ । भच्र्युल मेकानिजम ल्याउनु भएन । नेपालमा अहिले भच्र्युल मेकानिजम रहेको छ । यसो भएमा पक्कै पनि नेपालको कमोडिटी मार्केट अगाडि बढ्ने छ ।

Powered by Facebook Comments