नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं :
नेपाली फिल्म ‘लस्ट एण्ड फाउण्ड’ले थाइल्याण्डको ‘फिल्म डेस्टिनेशन फेस्टिभल’ ‘बेस्ट आउट स्ट्यान्डिङ प्रेजेन्टेशन’को अवार्ड जितेको छ । थाइल्याण्ड सरकारले अन्तरराष्ट्रिय चलचित्रको लागि छायांकनको गन्तब्य बनाउने उद्देश्यले हरेक बर्ष आयोजना गर्ने यस महोत्सवमा यस बर्ष १४ देशका ३३ चलचित्र प्रतिस्पर्धामा थिए ।
विश्वभरका फिल्मस्कुल र फिल्मकलेजबाट मात्रै सहभागी हुन पाउने उक्त प्रतिस्पर्धामा यस बर्ष नेपालबाट ओस्कार इन्टरनेशनल कलेजबाट ३ र कान्तिपुर फिल्म एकेडेमीबाट एक गरी ४ फिल्म प्रतिष्पर्धामा थिए । कान्तिपुर फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरु अशिन पौडेल र रोनिस राउतले बनाएको ७ मिनेट लामो चलचित्र ‘लस्ट एण्ड फाउण्ड’ ले उक्त अवार्ड हात पार्न सफल भएको हो । यही जुलाई २७ तारिखको दिन थाइल्याण्डको बैंककमा आयोजीत उक्त फेस्टीभलमा नेपालसँगै मेक्सीको को ‘ईफ आई वेर ब्रेभ’ ले ‘बेस्ट फिल्म’को अवार्ड जितेको थियो ।

Powered by Facebook Comments