पहिलो पटक बाबुछोरी एउटै फिल्ममा

काठमाडौं : बलिउड अभिनेता अनिल कपूर र उनकी छोरी सोनम कपूर पहिलो पटक एउटै पर्दामा देखिने भएका छन् । दुवैले आफ्नो करिअरमा निकै हिट फिल्म दिएका छन्। अब छिट्टै बलिउडक वास्तविक बुवा छोरीको यो जोडी एक साथ फिल्ममा देखिने भएका हुन्। खासमा निर्देशक विधु विनोद चोपडाको आगमी फिल्ममा बुवा छोरीले खेल्न साईन गरेका छन्। फिल्मको नाम ‘एक लड्कीको देखा तो ऐसा लगा’ राखिएको छ। तर उनीहरु फिल्ममा कस्तो भूमिका निर्वाह गर्दैछन् भनेर अहिलेसम्म कुनै जानकारी बाहिरीएको छैन। फिल्मको नाम अनिल कपूरले खेलेको एउटा फिल्मको लोकप्रिय गीतको बोलबाट राखिएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार विधु चोपडाको यो निकै ठूलो प्रोजेक्ट हो। उनले एक कार्यक्रममा भने–‘एक लडकी को देखा तो ऐसा लगा मेरो लागि निकै ठूलो प्रोजेक्ट हो। खासमा अनिल र सोनम फिल्मको मूख्य भूमिकामा छन्।’–एजेन्सी

Comments

Top