बाम गठबन्धनले मुलुक कतातिर ?

कुमार भणडारी

दुई ठूला कम्युनिष्ट दल नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थले वाम गठबन्धन बनेको कुरा बाहिर आउन थालेका छन् । मत आफूतिर तान्ने प्रयास स्वरुप वाम गठबन्धन बनाएका उनीहरूभित्र विवाद देखिएका समाचार पनि आउन थालेका छन् । मंसिर ९ गते पार्टी एकीकरण गर्ने तयारी गरेका माओवादी र एमालेले अहिले आएर त्यो निर्णयलाई खारेज गरेका छन् । एमाले अध्यक्ष केपी ओली तत्काल माओवादीलाई पार्टीमा मिसाउने पक्षमा छैनन् । ओली र प्रचण्डबीच भएको सहमति अनुसार निर्वाचन अगाडि नै पार्टी एकीकरण गर्ने सहमति गरेका थिए । तर, ओलीले झापाबाट निर्वाचन अगाडि पार्टी एकीकरण नहुने बताए ।
प्रचण्ड निर्वाचन अगाडि पार्टी एकीकरण गरेर प्रधानमन्त्री पद आफूलाई सुरक्षित बनाउन चाहन्थे । यो कुरा बुझेरै ओलीले पार्टी एकीकरणको कुरा खारेज गरिदिएको टिप्पणी हुन थालेको छ । ओलीको स्वार्थी कुराले वाम गठबन्धनलाई झन् ठूलो नोक्सानी हुने अवस्था आउँदैछ । ओलीका कुरा बुझेर प्रचण्डले पनि सोच विचार गरेर कदम उठाएका छन् ।
ओलीका कारण प्रचण्डले नेपाली कांग्रेसलाई चिढाउने काम गरेका छैनन् । निर्वाचन अगाडि होस् वा पछाडि एमालेसँगको सम्बन्ध विग्रिन सक्ने देखाएको छ । यस्तो अवस्थामा प्रचण्डले कठोर निर्णय लिएर ठण्डा दिमागले सोच्नुपर्छ । ओली र प्रचण्डले वाम गठबन्धन बनाएपछि त्यसलाई मूर्त रुप दिन पार्टी एकीकरण गर्नु नै राम्रो हुने माओवादी र एमालेका अधिकांश नेताहरुको धारणा छ । अब मुलुकमा कम्युनिष्ट र लोकतान्त्रिक शक्तिबीच दुई धार बनाएर जानु नै उचित हुन्छ ।

Powered by Facebook Comments