बुद्ध लामाले यसरी जिते उपाधि

काठमाडौं ।  कतारमा भएको नेपाल आइडलको ग्राण्ड फिनालेमा  बुद्ध लामाले उपाधि जितेका छन् । आइडलकोको प्रथम रनरअप मा निशान भट्टराई भए भने सेकेण्ड रनर अपमा प्रताप दास भए । एपीवान टेलिभिजनबाट प्रशारित नेपालकै सर्वाधिक लोकप्रिय नेपाल आइडलको ग्रान्ड फिनाले कतारको दोहामा भएकोमा लामाले उक्त उपाधि जितेका हुन् । नेपाली समय अनुसार साँझ ८ः४५ बजे दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलबाट प्रत्‍यक्ष प्रसारण भएको थियो ।

तर यसको मूख्य आयोजक एपिवानmटेलिभिजनले भने निर्धारित समयमा प्रसारण गर्न नसकेर दर्शकलाई झुक्याएपनि युट्युब र फेशबुकमा प्रत्यक्ष प्रसारण आएको थियो । आइडलको उत्कृष्ट तीन प्रतिस्पर्धी निशान भट्टराई, बुद्ध लामा, प्रताप दास थिए ।

आइडलका विजेता लामाले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् भने दोस्रो भएका भट्टराईले १५ लाख रुपैयाँ पुरस्कार पाएका छन् । यस्तै आइडलको तेस्रो स्थानमा हुने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

Powered by Facebook Comments