भूकम्प पीडितपछि बाढि पीडितको बस्तिमा धुर्मुस

काठमाडौं :
प्राकृतिक विपत्तिका कारण मुलुक यतिबेला भावविहोल बनिररहेको छ । अविरल वर्षाका कारण आएको बाढिमा परेर एक सय भन्दा बढिले ज्यान गुमाइसकेको छन् भने हजारौं विस्थापित भएका छन् । बाढिले पुर्याएको क्षतीको विवरण अझै आउन सकेको छैन । सेवा गर्ने हातहरु यतिबेला बाढि पीडितहरुको घाउमा मल्हम लगाउन पुगेका छन् । ति मध्येका एक हुन्–कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ।  २०७२ सालको महाभूकम्पपछि विभिन्न स्थानमा बस्ती बसालेर चर्चामा आएका तिनै धुर्मुस यतिबेला बाढि पीडितको घर दैलोमा पुगेर सेवा गरिरहेका छन् ।
महोत्तरीमा पहिले नै खाद्यान्न र डाक्टरको बन्दोवस्त मिलाइसकेका धुर्मुस आइतबार बेलुकीबाट नै सहयोगमा खटिएका थिए । धुर्मुस र कुञ्जना घिमिरे ‘सुन्तली’ को धुर्मुस–सुन्तली फान्डेशन’ले बाढि पीडितहरुलाई राहत वितरण गरेको हो ।  स्थानियलाई सुरक्षित स्थानमा सार्नका लागि धुर्मुस आफै खटिएको समेत तस्विर सार्वजनिक भएको छ ।

Powered by Facebook Comments