भ्याली पब्लिकको आयोजनामा बास्केटबल प्रतियोगिता सुरु

काठमाडौं । शिवपूरीको काखमा स्थापित  भ्याली पब्लिक उच्च माध्यमिक विद्यालयले विगत १२ वर्षदेखि आयोजना गर्दै आएको अन्तर विद्यालय बास्केटबल प्रतियोगिता यस वर्षका लागि रजत जयन्ती विशेषका रूपमा कार्तिक ३० गते देखि मङसिर ८ सम्म सञ्चालन गर्दै छ ।

 ‘बाह्रौ भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिता’ को रुपमा सञ्चालन हुने उक्त प्रतियोगितामा छात्रतर्फ २४ टिम र छात्रातर्फ १६ गरी कुल ४० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

 प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने दुवै समुहका खेलाडीहरूले सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने  Most Valuable Player, Highest Scorer र Best Three Pointer का लागि पनि पदक एवम् प्रमाणपत्र तथा सहभागी टिमका लागि प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

 विद्यालयका प्राचार्य कृष्णप्रसाद अधिकारीका अनुसार प्रतियोगिताको कुल लागत  ३ लाख अनुमान गरिएको छ । कार्यक्रमको उद्घाटन आज बिहान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेजर लिल बहादुर गुरुङ र विद्यालयका प्राचार्य कृष्णप्रसाद अधिकारीले गरेका छन् । प्रतियोगिता विद्यालयका बास्केटबल प्रशिक्षक पूर्ण न्यौपानेको संयोजनमा सञ्चालन हुने वताइएको छ ।

Powered by Facebook Comments