महन्थ ठाकुर र विमलेन्द्र निधि भारतीय एजेन्ट रहेको खुलासा

काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य  सत्यनारायण मण्डलले २ नं. प्रदेशबाट एमालेलाई सिध्याउन नेपाली कांग्रेसले विमलेन्द्र निधिलाई कमाण्डर बनाएर पठाएको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासाँग कुरा गर्दै संयोजक मण्डलले एमालेका कार्यकर्ताहरूको हत्या गर्नेसम्मका योजना बनेको बताए ।

 ‘एमालेका कार्यकर्ताको हत्या गर्ने योजना बनेको समेत थाहा पाएका छौँ’, मण्डलले भने, ‘एमालेलाई सिध्याउन कांग्रेसले विमलेन्द्र निधिलाई कमाण्डर बनाएर पठाएको छ ।’ ‘महन्थ ठाकुर, विमलेन्द्र निधि लगायतका नेताहरू भारतीय एजेन्ट हुन्’, एमाले स्थायी समिति सदस्य समेत रहेका संयोजक मण्डलले भने, ‘त्यही डिजाइन अन्तर्गर्त मंगलबार साँझ लहानमा एमालेका उम्मेदवारलाई लक्षित गरेर बम विष्फोट गराइएको छ ।’

Comments

Top