माओवादी नेता पुनलाई लक्षित गरी विप्लवका कार्यकर्ताद्वारा फायरिङ

काठमाडौं ।  माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएलगत्तै  नेता वर्षमान पुन ‘अनन्त’ माथि आक्रमणको प्रयास भएको छ ।  रोल्पाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङमा माओवादी नेता पुन अनन्त चढेको गाडीमा माइन बिस्फोट भएको छ । विप्लवमा कार्यकर्ताले बाटोमा ओछ्याएको माइन विस्फोट भएको हो । विस्फोट भएपनि पुनलगायतका कार्यकर्ता सबै सुरक्षित रहेका छन् ।

गाडीमा भने सामान्य क्षति पुगेको बताइएको छ ।  विस्फोट लगत्तै  विप्लवका कार्याकर्ताले वाम गठबन्धनका उम्मेवारलाई लक्षित गरी फायरिङ गरेका थिए । उम्मदेवारको सुरक्षामा स्कटिङमा रहेको टोलीले जवाफी फायरिङ गरेपछि आक्रमणकारी भागेको स्रोतले बतायो ।माइन बिस्फोट हुँदा दुईवटा गाडीमा सामान्य क्षति भए पनि गाडीमा रहेका सबैजना सकुशल रहेको र अहिले स्थिति सामान्य भइसकेको छ ।

Powered by Facebook Comments