मिस टिन नेपालको पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन बुधबार हुँदै

काठमाडौँ । काठमाडौँ जेसिसले २०१७ का लागि काठमाडौं जेसिजको १५ औं संस्करण ‘ईन्चाईन्टर मिस टिन नेपाल’ को पहिलो अडीसन सप्पन्न गरेको छ । शनिबार लिईएको पहिलो अडीसन प्रक्रियामा ७३ जना युवतीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको दोश्रो अडीसन भने यहि भाद्र ७ गते बुधबार हुने छ ।काठमाडौँ जेसिसले प्रत्येक बर्ष आयोजना गर्ने मिस टिन नेपाल अन्तर्गत २०१७ का लागि शनिबार छनौट परिक्षाको आयोजना गरेको हो । १६ देखी १९ बर्ष भित्र लुकेर रहेको टीन हरुको प्रतिभा प्रस्फुटन गराई महिला सशक्तिकरणका लागि आयोजना गरिदै आएको यस सुन्दरी प्रतियोगितामा सहभागी हुन यस बर्ष ७३ जना १६ बर्ष देखि १९ वर्ष सम्मको युवतीहरुले आबेदन दिएका थिए ।

छनौट प्रक्रियामा सहभागी भएका मध्ये ३० जना उत्कृष्ट सहभागीलाई छनौट गरी तालिममा सहभागी गराईने काठमाडौं जेसिज मिस टीन नेपालकी कन्सर्न कार्यकारी उपाध्यक्ष सेनेटर ईनु थापाले जानकारी गराईन । काठमाडौँ जेसिसका बर्ष २०१७ का अध्यक्ष सेनेटर दिपक भण्डारी , कार्यकारी उपाध्यक्ष सेनेटर ईनु थापा, पुर्व अध्यक्षहरु सेनेटर ईन्द्र रत्न बज्राचार्य , सेनेटर रत्न काजी श्रेष्ठ , सेनेटर मनोज कुमार श्रेष्ठ , मिस टिन नेपाल २०१६ कि बिजेता जस्मिन खड्का , २०१५ कि उपविजेता राष्ट्रिय तेक्वान्डो खेलाडी तथा प्रशिक्षक रोजी गिरी , नृत्य संयोजक जे।सी।स्वजन रघुबंशी , कलाकार मन्चिन शाक्यको जुरी प्यानलले सहभागी युवतीहरुको अडीसन लिएका थिए ।यस बर्षको ‘ईन्चाईन्टर मिस टिन नेपा-(२०१७’ लाई फ्रान्सबाट उत्पादीत ख्याती प्राप्त ब्युटी प्रोडक्ट ईन्चाईन्टर ले प्रायोजन गरेको छ ।

Powered by Facebook Comments