मिस टीन वर्ल्डको आयोजना

काठमाडौं । एभरेष्ट फेसन होमले  मिस टीन वर्ल्डको आयोजना गरेको छ । आगामी भदौ ३१ गते शनिवार फाइनल कार्यक्रम गरिनेछ ।

घण्टाघरस्थित जुजुबा लङ एण्ड बार पबमा आयोजित अडिसनमा १३ जना सहभागी रहेका थिए । डिनी तामाङ, लुइसा गुरुङ, रोमी तामाङ, रितिका लामा, पार्वती तामाङ, रुचि वज्राचार्य, निलम अधिकारी, प्रतिमा राउत, अदिती विडारी, अस्मिता खनाल, विभूति गौतम, सञ्चिता श्रेष्ठ र पूजा सिंहले सहभागिता जनाएका छन् ।

अडिसनमा चलचित्र विकास बोर्डका सदस्य अभिनेता उत्तम केसी, गायक निर्णय श्रेष्ठ, नायिका तथा मोडल दीपाशा बिसी, कलाकार खगेश रन्जितकार, सञ्चारकर्मी अर्जनबहादुर तामाङ र मिस नेश्नल विजेता श्वेता श्रेष्ठले निर्णायकको भूमिका निभाएका थिए ।

दोस्रो अडिसन लगतै विविध विषयमा प्रतिष्पर्धीहरुलाई कक्षा एवं तालिम सञ्चालन गरिने एभरेष्ट फेसन होमका अध्यक्ष रन्जिता लामा बताइन् ।

Powered by Facebook Comments