यि हन् विश्वका महंगा खेलाडीहरु

काठमाडौं :
विश्वका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो विश्वका महंगा खेलाडीहरुको सूचीमा पाँच नम्बरमा परेका छन् । ब्राजिलियन खेलाडी नेइमार जेआर विश्वका सबैभन्दा महंगो खेलाडीको सूचीमा छन् । यता, फ्रान्सेली युवा फरवार्ड ओसमान डेम्बेले पउल पोग्वालाई पछि पार्दै विश्वकै दोस्रो महँगा खेलाडी बनेका छन्। एक महिनाअघि मात्र बार्सिलोनाबाट विश्व कीर्तिमानी २२२ मिलियन युरोमा पिएसजी पुगेका ब्राजिलियन फरवार्ड नेमार विश्वकै महँगा खेलाडी बनेका थिए।
एक महिना अगाडि मात्र विश्वका महँगा खेलाडी रहेका फ्रान्सकै पउल पोग्वा तेस्रो स्थानमा झरे ।
महंगा पाँच खेलाडी
१. नेमार – २२२ मिलियन युरो
नेमारलाई बिहीबार पिएसजीले बार्सिलोनाबाट कीर्तिमानी २२२ मिलियन युरोमा खरिद गरेपछि उनी महँगा खेलाडी बनेका हुन्। नोउ क्याम्पमा मेसी र सुवारेजको छायाँमा परेका नेमार अब पिएसजीका मुख्य खेलाडी बन्दैछन् र उनले त्यहाँ १० नम्वरको जर्सी समेत लगाउनेछन्।

२. ओसमान डेम्बेले – १०५ मिलियन युरो
स्पानिस जायन्ट बार्सिलोनाले फ्रान्सेली युवा फरवार्ड डेम्बेलेलाई नेमारको स्थानमा सोमबार ९६.८ मिलियन पाउण्ड (१०५ मिलियन युरो) मा अनुबन्ध गरेको छ। यो रकम १३५.५ मिलियन पाउण्ड (१५० मिलियन युरो) सम्म बढ्न सक्ने बार्सिलोनाले जनाएको छ। पाँच वर्षको लागि नोउ क्याम्प क्लबमा खेल्ने गरी डेम्बेलेसँग ५ वर्षको लागि सम्झौता भएको हो।

३. पउल पोग्वा – १०५ मिलियन युरो

पोग्वालाई सन् २०१६ मा इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले १०५ मिलयन युरोमा युभेन्ट्सबाट किनेको थियो।

४. गारेथ बेल – १००.८ मिलियन युरो

वेल्सका गारेथ बेल सन् २०१३ मा त्यस बेलाको कीर्तिमानी १००.८ मिलियन युरोमा इंग्लिस क्लब टोटनहम हट्सरपरबाट स्पेनी क्लब रियल मड्रिड गएका थिए।

५. क्रिस्टियानो रोनाल्डो ९४ मिलियन युरो
बेलअघि क्रिस्टियानो रोनालडो विश्वकै महँगो खेलाडी थिए। रोनाल्डो सन् २००९ मा ९४ मिलियन युरोमा म्यानचेष्टर युनाइटेडबाट रियल पुगेका थिए।

 

Powered by Facebook Comments