युवा संघ अध्यक्ष पहारी दुई नम्बर प्रदेशको अनुगमनमा खटिए

काठमाडौं। नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल प्रदेश नम्बर दुईमा परिचालन भएको छ । अध्यक्ष राजीव पहारीको नेतृत्वमा संघको केन्द्रीय टोली सोमबारदेखि प्रदेश नम्बर दुई प्रस्थान गरेको छ । टोलीले मधेसका लागि एमालेले सरकारमा रहँदा गरेका कामहरुबारे जनतालाई जानकारी गराउने, कार्यकर्तालाई प्रशिक्षण दिने र माउ पार्टी एमालेलाई आगामी स्थानीय तहको निर्वाचनमा काम गर्ने सचिव माधव बास्तोलाले जानकारी दिए ।उनका अनुसार अध्यक्ष राजिव पहारीले आठै जिल्लाको अनुगमन गर्ने छन् भने हरेक जिल्लामा दुई जनालाई जिम्मेवारी तोकिएको छ । जस अनुसार बरामा चन्द्र लमा र राजेश साह, पर्सामा राजु गुरुङ र ह्दम लामा, रौतहटमा दिलुकुमारी पन्त र हस्त शाही, सर्लाहीमा गोबिन्द थापा र क्रान्ति बुर्लाकोटी, महोत्तरीमा नरेश साही र मञ्जू यादव, धनुषामा किरण पौडेल र बचनबहादुर सिंह, सिरहामा माधव बास्तोला र अशोककुमार चन्द र सप्तरीमा रमेश पौडेल र पर्शुराम बस्नेतले जिम्मेवारी पाएका छन् ।

Powered by Facebook Comments