यू–१९ एसिया कपमा ऐरीले देखाए चमत्कार, भारतबिरुद्द नेपालको ऐतिहासिक जीत

मलेसिया । नेपालले  भारतलाई १९ रनले हराउँदै एसीसी यू–१९ एसिया कपमा ऐतिहासिक जीत हासिल गरेको छ । कप्तान दिपेन्द्र सिंह ऐरीले चार विकेट लिएपछि नेपाल प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४८.१ ओभरमा मात्र १ सय ६६ रनमा अलआउट हुन पुग्यो ।.ऐरीले १० ओभर बलिङ गर्दै दुई मेडनसहित ३९ खर्चेर चार विकेट लिए ।

 उनलाई पवन शराफ र शहबाब आलमले २–२ विकेट लिएर राम्रो साथ दिए ।

सन्दीप लामिछाने र कमल सिंहले १–१ विकेट लिए ।भारतले पहिलो विकेटका लागि ६५ रन बनाउँदै राम्रो शूरुवात गरेको थियो । तर, त्यसपछि भने लगातार विकेट गुमाउन शुरु गर्यो । ओपनर कप्तान हिमान्सु रानाले ४६ रन बनाए भने अर्का ओपनर मनोज कल्राले ३५ रन बनाए ।नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।

 नेपालका लागि ऐरीले सर्वाधिक ८८ रन बनाएका थिए । उनले १०१ बलमा ६ चौका र २ छक्को साथ उक्त योगफल बनाएका थिए ।ओपनर जितेन्द्र सिंह ठकुरीले ३६ रन बनाए ।प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसँग निकै रोमाञ्चक खेलमा २ विकेटले पराजित भएको थियो ।

 

Powered by Facebook Comments