लामाको ‘तिमी बिना अधुरो’ सार्वजनिक

काठमाडौं :
गायक शक्ती लामाको स्वरमा ‘तिमी बिना अधुरो’ बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ । भिडियोमा गायक शक्ती लामाकै शब्द र संगीतमा माया अनि विछोडको गित छन् । गीतमा आफ्नी मायालुलाई अस्ट्रेलिया पठाइएको र अन्त्यमा शक्ती लामाकी प्रियाको अर्कैसँग विहे भएको कथा छ ।
गीतमा कलाकार जय किशन बस्नेतकी पुत्री जहान्वी बस्नेत र गायक शक्ती लामा आफैं फिचरिङ भएका छन् । शैलेन्द्र खोकाली निर्देशित गीतलाई काठमाडौँ आसपासका स्थानमा छायाँकन गरिएको हो । भिडीयोलाई ‘हाईलाईट्स नेपाल’ ले बजारमा ल्याएको हो ।

Powered by Facebook Comments