विहिबार नयाँ शैलीको जिरे खुर्सानीे

काठमाडौं :
लामो समय देखि प्रसारण बन्द भएको लोकप्रिय हाँस्य हाँस्य टेलिश्रृखला ‘जिरे खुर्सानी’ पुनः प्रसारण हुने भएको छ । श्रृंखला परिस्कृत र नयाँ शैलीमा आउन लागेको हो । श्रृंखलाको केही दिन अगाडि टाइटल गीत छायाँकन गरिएको छ । टाइटल गीतमा हाँस्यकलाकार जितु नेपाल, राजाराम पौडेल, निरज नेपाल र कार्टुञ्ज क्रुका सरोज अधिकारीले अभिनय गरेका छन् ।
जितु नेपालकै निर्देशनमा श्रृंखला बन्न लागेको हो । यसअघि प्रशारण भएको सिरियलमा जितु र शिबहरि पौडेलको संयुक्त निर्देशन थियो । श्रृंखलाको पुरानै गीतलाई अहिले नयाँ शैलीमा बनाइएको छ । टंक बुढाथोकीको संगीत र जितु नेपाल र टंकको स्वर गीतमा रहेको छ । जिरो खुर्सानी मिडिया हवसँगको विवादका कारण २ बर्षदेखि प्रशारण रोकिएको थियो ।
यो सिरियल अब बिहीबार बेलुका प्रशारण हुने भएको छ । सिरियलमा राजाराम पौडेल, शिबहरी बैरागी, साबित्री गुरुङलगायतका कलाकारले अभिनयमा निरन्तरता दिने भएका छन् भने केही नयाँ कलाकार पनि हुनेछन् ।

Powered by Facebook Comments