शिल्पालाई किन फापेन छविको फिल्म

काठमाडौं । म्युजिक भिडियोको मोडलिङ हुँदै छवि ओझाको ब्यानरकी अभिनेत्री बनेकी शिल्पा पोखरेललाई छविका फिल्म त फापेकै छन् । छविको ब्यानर बाहिरका फिल्मले भने अहिलेसम्म हिटको मुख देख्न पाएका छैनन् ।शिल्पाले छविको ब्यानमार ‘लज्जा’, ‘हवल्दार सुन्तली’ र ‘किस्मत २’ र ‘मंगलम्’मा काम गरेकी छन् । ‘मंगलम्’ रिलिज हुन बाँकी छ । बाँकी सबै फिल्म रिलिज भइवरी हिट भइसकेका छन् ।
सँगैसँगै शिल्पाले छविको ब्यानर बाहिरका फिल्ममा पनि अभिनय गरेकी छन् । तीमध्ये कुनै पनि फिल्मले दर्शक पाएनन् । कतिपय फिल्म त आएको र गएकोसमेत पत्तो हुन्न । यस्तोमा छविले निर्माण गरेका फिल्म भने हिटका हिट भइरहेका छन् । शिल्पालाई छविचैं फाप्ने तर अरु नफाप्ने कारण के होला ?

Powered by Facebook Comments