सन्दिपले सात विकेट लिंदा नेपालको शानादार जित

फार्इल तस्विर

काठमाडौं :
नेपालले एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । सन्दिप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले थाइल्याण्डलाई २ सय ५५ रनले हराएको छ । जसमा अनिलकुमार शाहले पनि उत्कृष्ट ब्याटिङ गरेका छन् ।
मलेसियामा जारी प्रतियोगिताको सोमबारको खेलमा टस हारेर ब्याटिङ गर्न आएको नेपालले ७ विकेट गुमाई २ सय ८१ रन बनाएको थियो । नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो । थाई टीमका ७ जनालाई नेपाली लेग स्पीनर सन्दीप लामिछानेले पेभिलियन फर्काएपछि थाइल्यान्ड २६ रन मै अलआउट भएको हो ।
नेपालबाट अनिलकुमार शाह र प्रनित थापामगरले अर्धशतक बनाए । अनिल ९१ र प्रनित ५० रन बनाई आउट भए । त्यस्तै सन्दीप सुनारले ३२ रन जोडे । थाइल्यान्डका लागि पी। सुङनार्डले ६१ रन खर्चेर ३ विकेट लिए ।
सेप्टेम्बर १७ सम्म आयोजना हुने प्रतियोगितामा नेपालले बुधबार भुटान र बिहीबार सिंगापुरसँग खेलेर समूह ‘ए’ को यात्रा टुंग्याउने छ । सेमिफाइनल सेप्टेम्बर १६ र फाइनल १७ हुने कार्यक्रम छ । समूह ‘बी’ मा मलेसिया, चीन, हङकङ र म्यानमार छन् । फाइनलमा पुग्ने टोली यू–१९ एसिया कपलाई छनोट हुनेछ ।

Powered by Facebook Comments