सिएमसीमा अत्याधुनिक एमआरआई

cmcचितवन । चितवन मेडिकल कलेज(सिएमसी)मा अत्याधुनिक एमआरआई मेशिन जडान गरिएको छ । नेपालमा दोस्रो र उपत्यका बाहिर पहिलोपटक सिएमसीले अमेरिकन कम्पनीको १.५ टेस्ला एमआरआई जडान गरेर सेवा सुरु गरेको हो । अस्पतालको सातौं वार्षिकोत्सवको अवसरमा नया मेशिनको उद्घाटन गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी मान बहादुर विकले नया मेशिनको उद्घाटन गरेका हुन् । १.५ टेस्ला एमआरआई प्रविधि प्रयोग गर्ने सिएमसी देशको दोस्रो अस्पताल हो । एमआरआईको क्षेत्रमा यो प्रविधि बिश्वकै अग्रणी हो । बिशेष गरी नसाको रोग, टाउकोको रोग, हाडजोर्नी सम्बन्धि समस्याको साथै क्यान्सरसम्बन्धि रोग पत्ता लगाउन यस्तो एमआरआई मेशिन प्रभावकारी हुने बरिष्ठ प्राध्यापक डा.रामकुमार घिमिरेले बताए । सिटी स्क्यानमा जस्तो विकिरण समेत नआउने ह“ुदा बच्चा, बृद्ध र गर्भवती महिलामा समेत यो मेसिनको प्रयोग गर्न सकिन्छ । वार्षिकोत्सवको अवसरमा एमआरआई मेसिन प्रयोगमा ५० प्रतिशत छुट दिइने अस्पतालले जनाएको छ । त्यस्तै वार्षिकोत्सवकै अवसरमा ओपीडी सेवाको टिकट अस्पतालले निशुल्क प्रदान गरेको छ । त्यस्तै सिएमसीले ‘प्राइभेट पे क्लिनिक’ को सेवा पनि बुधबारबाट सुरु गरेको छ । दिउसो लाइन बसेर उपचार गर्न नसक्ने तथा बिशिष्ट चिकित्सकहरुस“ग सिधा सम्पर्क गर्न चाहनेहरुलाई यस्तो सेवा सुविधा सुरु गरिएको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले बताए । यस्तो सेवा लिनका लागि सर्वसाधरणले टेलिफोनबाट अगाडि नै नाम दर्ता गराउन सकिनेछ । जनरल मेडिसिन, हाडजोर्नी, स्नायू रोग, सामान्य चिकित्सा, स्त्री रोग, छाला रोग, नाक, कान घाटी सम्बन्धि रोगको उपचारको उपचार ‘प्राइभेट पे क्लिनक’ अन्र्तगत हुने सिएमसीले जनाएको छ । त्यसैगरी ल्याबरेटरी सेवामा निदानात्मक परिक्षणलाई प्रभावकारी बनाउन चितवन मेडिकल कलेजले नेपालमै पहिलोपटक ‘फूल्ली अटोमेटेड ५ पार्टस् एभिभा २०२१–आई’ प्रविधि पनि भित्राएको छ । जर्मनीमा बनेको अटोमेटेड बायोकेमेष्ट्रि, अटोमेटेड केमि ल्यूमिसेन्स इम्यूनो एसे, सिएआईए जस्ता आधुनिक उपचार प्रद्धती पनि काठमाडौं बाहिर पहिलो पटक चितवनमा सिएमसीलेसुरु गरेको हो । नयाँ “उपकरण तथा सेवाको बुधबार उद्घाटन गर्दै सिडिओ विकले चितवन र आसपासका जिल्लाका सर्वसाधरणलाई ठुलो सहयोग पुग्ने बताए । ‘पहिला राम्रो उपचार गर्न काठमाडौं र बिदेश जाने प्रचलन थियो,’ उनले भने,‘अब काठमाडौंबाट चितवन आउने प्रचलन सुरु हुन्छ ।’ कार्यक्रममा मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा.न्यौपानले उपचार र शिक्षणमा बिश्वका आधुनिक प्रविधि अवलम्बन गरी मेडिकल सेवा र शिक्षालाई थप प्रभावकारी बढाइएको बताए। स्वास्थ्य सेवालाई सरल र सुलभ बनाउन आफुहरु गाउ“गाउ“मा गएर काम गर्न तयार रहेको उनले बताए । गरिबहरुलाई निशुल्क स्वास्थ्य सेवा दिन सरकारले स्वास्थ्य बीमाको कार्यक्रमलाई लागू गर्नुपर्ने र त्यसमा सहयोग गर्न आफुहरु तयार रहेको डा.न्यौपानेले बताएका छन् । – See more at: http://www.hamrakura.com/168234.html#sthash.yQJDg1mg.dpuf

Powered by Facebook Comments