सिएमसी मेयर कप क्रिकेट प्रतियोगिताका लागि ट्रफि अनावरण,पहिलो चरणका खेल सम्पन्न

भरतपुर। मेयर कप अन्तर वडा क्रिकेट प्रतियोगिता–२०७४ आईतबार भरतपुरमा ट्रफि अनावरण गरिएको छ ।  भरतपुर महानगरपालिकाको सहकार्य, चितवन मेडिकल कलेज–शिक्षण अस्पतालको प्रमुख प्रायोजनमा सिएमसी मेयर कप अन्तर वडा क्रिकेट प्रतियोगिता–२०७४ को पहिलो चरणको खेल सम्पन्न भएको छ ।

 प्रतियोगिताको लिग चरणबाट वडा नं.१० ‘ए, वडा नं. १० ‘बी, वडा नं. ७ ‘बी, वडा नं.२५ र वडा नं. २६ गरी सुपर सिक्स चरणमा ६ वटा टिमको प्रवेश भएको छ । चितवनको क्रिकेटलाई व्यवसायिक रुप दिनको लागि निजी तथा सरकारी सहकार्यमा प्रतियोगिताहरु आयोजना गर्नु पर्ने आवश्यकताको सन्देश दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

  मुख्य प्रायोजक सिएमसीकी प्रतिनिधि एसोसियट प्रोफेसर ममता शर्मा न्यौपानेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा शिक्षाबिद रमाकान्त सापकोटा, खेलाडी, पत्रकार लगायतका व्यक्तिहरुको सहभागिता रहेको छ । क्रिकेटमा व्यवसायिकता प्रवद्र्धनका लागि पूर्व क्रिकेट खेलाडी एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमलाई प्रतियोगिताको सद्भावना दूत रहनुभएको छ ।

  यस प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य स्वास्थ्यको लागि विशुद्ध मनोरञ्जन र चितवनमा अब एउटा राष्ट्रिय स्तरको आयोजना गर्न मिल्ने क्रिकेट मैदानको टड्कारो आवश्यकताको सन्देश जनप्रतिनिधि, सरकार, राजनीतिक पार्टी र सरोकारवाला निकायहरुको ध्यान आकृष्ट गर्न प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक तथा भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीले बताउनुभएको छ । प्रतियोगिताको प्रथम पुरस्कार रू. ५० हजार, द्वितीय पुरस्कार रू. २५ हजार सहित आकर्षक ट्रफी, प्रमाण–पत्र र अन्य पुरस्कारहरु रहेको छ ।

Powered by Facebook Comments