स्पोर्ट्स अवार्डको उत्कृष्ट पाँचमा को–को ?

काठमाडौं :
पल्सर स्पोर्ट्स अवार्ड–२०७३ का लागि विभिन्न ४ विधाका उत्कृष्ट खेलाडीहरुको मनोनयन घोषणा भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आज वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक गरी चार विधाको मनोनयन सार्वजनिक गरेको हो।
मनोनयनमा फुटबलबाट सबैभन्दा धेरै खेलाडी÷प्रशिक्षक छन्। फुटबलबाट तीन खेलाडी र दुई प्रशिक्षक मनोनयमा छन्। त्यसपछि एथ्लेटिक्सबाट ४ जना मनोनयनमा छन्। एथ्लेटिक्स तीन खेलाडी र एक प्रशिक्षक मनोनयनमा छन्। क्रिकेट र ब्याड्मिन्टनबाट समान ३ जना मनोनयनमा छन्।
तीन वटै खेलबाट २ खेलाडी र १ प्रशिक्षक मनोनयनमा परेका छन्। यस्तै भलिबलबाट २ तथा जुडो, आर्चरी र भारोत्तोलनबाट १–१ जना मनोनयनमा छन्।
महिला वर्ष खेलाडीको मनोनयमा परेकी कान्छीमाया कोजु र वर्ष खेलाडी युवामा मनोनयनमा परेका दीपेन्द्र सिंह ऐरी दुवै खेलाडी पिपुल्स च्वाइस अवार्डको मनोनयनमा समेत परेका छन्। एनएसजेएफले यसअघि नै भोटिङमा आधारित रहने पिपुल्स च्वाइस अवार्डको लागि ५ खेलाडीको नाम सार्वजनिक गरिसकेको छ।
एनएसजेएफका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको सात सदस्यीय छनोट समितीले विभिन्न विधाका मनोनयनमा परेका खेलाडीको छनोट गरेका हुन्। यही भदौ २६ गते हुने १४औँ संस्करणको अवार्ड समारोहमा वर्षका उत्कृष्ट ४ र पिपुल्स च्वाइस अवार्डसँगै लाइटाइम अचिभमेन्ट अवार्ड, स्पेशियल अवार्ड र पारा एथलेट अवार्ड प्रदान गरिनेछ।

उत्कृष्ट खेलाडी पुरुष
किरण कुमार लिम्बु, फुटबल
रत्नजित तामाङ, ब्याड्मिन्टन
शरद भेषावकर, क्रिकेट
सोम बहादुर कुमाल, एथल्टिक्स
मान बहादुर श्रेष्ठ, भलिबल

उत्कृष्ट खेलाडी महिला
कान्छीमाया कोजु, एथ्लेटिक्स
ज्ञानु अवाले, आर्चरी
नङ्सल तामाङ, ब्याडिमन्टन
सावित्रा भण्डारी, फुटबल
सरस्वती भट्टराई, एथ्लेटिक्स

उत्कृष्ट खेलाडी युवा
दीपेन्द्र सिंह ऐरी, क्रिकेट
अनन्त तामाङ, फुटबल
मनिता श्रेष्ठ प्रधान, जुडो
कमला श्रेष्ठ, भारोत्तोलन
प्रतिभा माली, भलिबल

उत्कृष्ट प्रशिक्षक
योतुकु कोजी, फुटबल
पुष्पराज ओझा, एथ्लेटिक्स
मेघराज केसी, फुटबल
जगत टमाटा, क्रिकेट
किरण थापा, ब्याड्मिन्टन

Powered by Facebook Comments